नायक पल शाहको विदेशमा बढ्दो क्रेज : ‘आ बाट आमा’को जापान राइट्स बिक्री

0 Shares

सिनेसुत्र, बिराटनगर- चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’ को जापान राइट्स बिक्री भएको छ । सिनेमालाई जापानमा सिनेमा वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्ट ले खरिद गरेको हो । जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठ बीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ ।

सिनेमाका निर्देशक चन्द्र पन्त ले जापान राइट्स प्रदर्शन बिक्री गरेको बताए । उनका अनुसार यसअघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अन्य देशमा पनि सिनेमाको प्रदर्शन अधिकार उच्च माग हुन थालेको छ ।आर्या इन्टरटेनमेन्ट को प्रस्तुतिमा निर्माण भएको यस सिनेमाको गीत र टिजर रिलिजपछि अन्य देशमा पनि उच्च माग बढेको निर्माण पक्षले जनाएको छ । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ । भने सिनेमाको वितरकको जिम्मा आर आर फिल्म्स ले लिएको छ ।

अभिमन्यू निरवी ले लेखेको यो सिनेमाको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त ले सहकार्य गरेका छन् । यो सिनेमामा डिओपी मा नवराज उप्रेती रहेका छन् भने सिनेमाको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम को छ । साथै, कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा को रहेको छ ।

सिनेमामा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना ले गरेका छन् । यस सिनेमाको कार्यकारी निर्माता करण सिंह रसाली हुन् । सिनेमाको ट्रेलर टिजर साहिल खान ले काटेका छन् भने यो सिनेमा आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ ।

सम्बन्धित समाचारसबै