सिनेसुत्र, बिराटनगर- मधुसुदन भट्टराई निर्देशित सिनेमा ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। तीनैजना एक–अर्काबीच आकाशतर्फ हेर्दै खुसी मुद्रामा देखिन्छन्। पोस्टरको छेउमा एउटा भाले उडिरहेको दृश्य पनि देख्न सकिन्छ, जसले उनीहरू कुनै महत्वपूर्ण उपलब्धि हासिल गरेपछिको खुसी क्षणमा रहेको संकेत गर्छ।
निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस सिनेमामा मुख्य भूमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन के.सी., रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जनको अभिनय रहेको छ। *advt
प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन्। विशेष सहयोगीका रूपमा शम्भु कुमार के.सी. रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन शिव ढकाल, सम्पादन बनिश शाह, संगीत साप शक्ति र बाबुल गिरीको रहेको छ। नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जन, करवर संगीत सम्राट थापा र ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्। *advt
सिनेमाको रंग संयोजन रेनिश फागो, ग्राफिक्स एक्स समिर मिया, कला निर्देशन दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका हुन्। पोस्ट-प्रोडक्सनको काम मोशन स्टुडियोले गरेको हो। सहायक सम्पादक क्यामोदिन मिया, श्रृंगार अशोक रोक्का, पाश्र्वसंगीत सम्राट थापा र द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्।
सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्। प्रचार सामग्री आइडियल डिजाइनर्सले तयार पारेको हो। यस सिनेमालाई नेशनल सिने ग्रुप प्रा.लि.ले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। *advt
