गाउँको सपना सहरमा चकनाचुर: बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ। निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ। पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ।गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ। फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन संघर्ष देखाउँदै ट्रेलरले काठमाडौंको संघर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रष्ट पारेको छ।

घरमा पुलपुलिएर बसेको छोरो सहरमा आएर आफ्नै कमाइमा बाँच्नु पर्दाको कठिन समय र आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको क्षण ट्रेलरमा चित्रित छ। गाउँबाट सहर छिर्दा देखेको सपना काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छ भन्ने आम नेपाली युवाको कथा ट्रेलरमा देख्न सकिन्छ।यसअघि निर्माणपक्षले सिनेमा ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरेको थियो। गीतमा मरिचमान श्रेष्ठको स्वर थियो। सिनेमा ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ। ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन्।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो सिनेमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय रहेको छ।तारानाथ न्यौपाने चिफ एडिटर रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यो सिनेमा श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै