माघ १६ मा आउने सस्पेन्स थ्रिल सिनेमा ‘द ब्ल्यू लाइट’को साइको ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ । एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स, पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।सिनेमाको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन । सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ । साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ । भिजुअल र कलरले सिनेमाको टोन समात्ने प्रयास गरेको छ । ट्रेलरमा सिनेमाका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।‘द ब्ल्यू लाइट’मा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । माघ १६ गते रिलिज हुने सिनेमालाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको सिनेमा ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै