फागुन २९ मा प्रदर्शन हुने सिनेमा ‘लालिमा’को पहिलो गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो।

अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौला लगायतका सिनेमाका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ।गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईबीच द्वन्द्व–रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायसँग जोडिएको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको अवस्था पनि भिडियोमा चित्रण गरिएको छ।

यो गीतमा गायिका प्रीति कौर ले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्। एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीकै हो।रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस सिनेमामा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ।

फेथ आस्था को प्रस्तुतिमा बनेको यस सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपाल ले यो सिनेमा वितरण गर्दै छ।

अहिलेको अवस्थामा प्रतिनिधिसभा चुनावपछिको पहिलो प्रदर्शन मितिमा फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै सिनेमा हो।

सम्बन्धित समाचारसबै