‘लालिमा’को दोस्रो टिजरमा रोशनीको फरक र शक्तिशाली भूमिका : पीडा, संघर्ष र आमाको माया

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस सिनेमाको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ । करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाइएको छ । यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो ।टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ । यी दृश्यले उनको चरित्रको उतार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवनको जटिलता सिनेमामा देखाइएको संकेत गर्छ ।

फागुन २९ बाट प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराज हुन् । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपाल ले वितरणको जिम्मेवारी लिएको छ ।  टिजर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै