‘लालिमा’को ट्रेलर सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा

0 Shares

सिनेसुत्र, बिराटनगर- चुनावका कारण सिने गतिविधि शून्यप्रायः रहेका बेला सिनेमा ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । शनिबार सार्वजनिक यस ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको सिनेमा तर्फ ट्रेन्डिङ नम्बर ४ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस सिनेमा मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा छन् । सिनेमा मा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ । सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्ट रूपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेमसम्बन्धमा रहेको संकेत गर्छ ।

यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उतारचढावको कथामा सिनेमा बनेको ट्रेलरले देखाउँछ । ट्रेलरको अन्त्यतिर रोश्नी मानसिक समस्यामा परेको देखिन्छ । नायिका रोश्नी भन्छिन्, ‘हाम्रो सिनेमा ले देखाउन खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।अर्की नायिका उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । सिनेमा मा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले जनाएको छ ।

ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् सिनेमा प्रति सस्पेन्स छाडेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमा की कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो सिनेमा वितरण गर्दैछ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै