‘परालको आगो’ टिजरमा समावेश प्रकाश सपुत-सुहाना थापाको संवाद चर्चामा

0 Shares

सिनेसुत्र, बिराटनगर- यतिबेला सुशील पोखरेलको सिनेमा ‘परालको आगो’ को टिजरको चर्चा छ। सामाजिक सञ्जाल जताततै यस सिनेमाको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन्, जुन भ्युज बिरलै पाइन्छ।

यतिका भ्युज सामाजिक सञ्जालबाट नै सिनेमाको टिजरले बटुलेपछि निर्माता सुशील पोखरेल उत्साहित छन्। उनी दंग पर्दै भन्छन्, ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढी पटक हेरिएको छ। दुईतर्फको भ्युज जोड्ने हो भने १ करोडभन्दा माथि पुगेको अवस्था छ। अरूको त हिसाबै गरेको छैन।उनले यतिधेरै भ्युज बटुलेको र टिकटक स्टारहरूले आफ्नो सिनेमाको टिजरका संवादमा अभिनय गरेकोमा धन्यवाद दिएका छन्। उनी थप्छन्, यो मायाका लागि हामी आभारी छौँ।

नेपाली समाज र यहाँ रहेका घटनालाई सिनेमाको पर्दामा उतारिएको छ। अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्, जसका कारण पनि यो सिनेमाको प्रचार तीव्र बनेको छ। ओएसआर युट्युब च्यानलमार्फत रिलिज भएको टिजरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

श्रीमान-श्रीमतीबीचको मनमुटाव, झगडा र छरछिमेकीको भूमिका टिजरमा देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमान-श्रीमतीको भूमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने नेपाली समाजको कथामा निर्माणाधीन यस सिनेमामा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमामा सुशील पोखरेलका अलावा सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्। लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस सिनेमामा सुशील देवकोटाको पटकथा तथा संवाद रहेको छ। संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस सिनेमामा सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने रंग संयोजन कनाल कँवरको छ।

समिर मिया र सत्यम रानाको भिएफएक्स, टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ भने सिनेमामा मिक्सिङ मुकेश शाहले गरेका छन्। यस सिनेमाको निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

यस सिनेमाको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीततर्फ शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतको काम रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

यसै सिनेमामा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदले सम्हालेका छन्। यस सिनेमालाई नेपालभर वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। सिनेमा आगामी वैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा छ। टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै