सम्पन्न भयो – भक्तपुर फिल्म महोत्सव

0 Shares

सिनेसुत्र, बिराटनगर-  भक्तपुर सिनेमा महोत्सव सकिएको छ। चैत ६ गतेदेखि सुरु भएको यो महोत्सवमा २४ सिनेमा देखाइएका छन्। सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ देखाउँदै महोत्सवको समापन गरिएको हो। भक्तपुरस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजित यो कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी, निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका सिनेमा कर्मीको उपस्थिति थियो।  बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोसयो महोत्सव नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै सुरु भएको हो। महोत्सवलाई भक्तपुरका युवा सिनेमा कर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो।

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका सिनेमा तथा डकुमेन्ट्री देखाइएका थिए। यो महोत्सवका निर्देशक भने किरण किलम्बु हुन् ।

सम्बन्धित समाचारसबै