सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन्। सोमबार सिनेमा का निर्देशक चन्द्र पन्तले दुवै कलाकार सिनेमा का लागि अनुबन्ध गरेका हुन्। हलमा चलिरहेको सिनेमा ‘आ बाट आमा’मा विपना थापा आमाको भूमिकामा रहेकी छिन् भने पल छोराको।
सोही कथालाई निरन्तरता र केही फरकपन सहित निर्माण पक्षले विपना र पललाई अनुबन्ध गरेको जानकारी दिएको हो। बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस –
अघिल्लो सिनेमा का अभिनेत्रीद्धय उषा उप्रेती, सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केही खुलाएको छैन। यस बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए। उनका अनुसार यो सिनेमा आगामी नयाँ वर्ष अर्थात् बैशाखबाट छायांकनमा जाने छ। साथै निर्माण पक्षले सिनेमा लाई आउँदो वर्षकै दशैंमा रिलिज गर्ने तयारीमा छ।
निर्देशक चन्द्र पन्तले बैशाखमा सिनेमा को छायांकन गरेर दशैंका लागि प्रदर्शनका लागि तयार पार्ने बताए। उनले भने, ‘अहिले सिनेमा का लागि दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ। अन्य कुरा बिस्तारै जानकारी दिँदै लैजानेछौँ।’