‘परालको आगो’को नयाँ गीत ‘सुख दुःख जिन्दगानी’ रिलिज : सुहाना र प्रकाशको रोमान्टिक केमिस्ट्री चर्चामा

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी बैशाख ११ गतेबाट रिलिज हुने सिनेमा ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरिएको छ। शनिबार निर्माण टिमले प्रचारप्रसारको अर्को सामग्रीका रूपमा दोस्रो गीत सार्वजनिक गरेको हो। गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका छन्।

यस गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावमा प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले मन पराएका छन्। उनीहरूको यो पहिलो स्क्रिन सेयर हो। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई व्यापक बनाउँदै लगेका छन्। यसअघि यो सिनेमाको टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ रिलिज गरिएको थियो, जसलाई दर्शकले अत्यधिक मन पराएका छन्। अब सिनेमामा समावेश दोस्रो गीतका रूपमा पछिल्लो समयका चर्चित गायक-गायिका प्रकाश र शान्तिश्रीको आवाजमा ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको हो। यस गीतले ग्रामीण भेगका युवा-युवतीबीचको प्रेमलाई पर्दामा झल्काउँछ।  बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोसलोकलयमा आधारित यो गीतले दर्शकको मन जित्ने देखिन्छ। गाउँमा हुने घाँस-दाउरा, बाख्रा गोठालो जस्ता दृश्यहरू गीतमा समेटिएका छन्, जहाँ सुहाना र प्रकाश निकै सुहाउँदा देखिन्छन्। ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

यस सिनेमाको गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ भने निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस सिनेमामा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।

हरि ओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता सुशील पोखरेल हुन्। पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ। संकल्प भुजेलको छायांकन, रामजी लामिछाने र मिलन श्रेष्ठको सम्पादन तथा रंग संयोजन कनाल कँवरको रहेको छ। यस सिनेमाको पाश्र्व संगीत किरण तुलाधरले दिएका छन् भने संगीतमा शान्ति ठटाल, सत्य-स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्।

यसै सिनेमामा कला निर्देशन प्रतिक चौधरीको रहेको छ भने मुख्य सहायक निर्देशकका रूपमा करण बहादुर साउद रहेका छन्। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। मिक्सिङ मुकेश शाह र निर्माण संयोजन नगेन्द्र घिमिरेले गरेका छन्। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथा यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि सिनेमाका रूपमा निर्माण गरेका थिए। भिडियो हेर्नुहोस : 

सम्बन्धित समाचारसबै