सिनेसुत्र, बिराटनगर- चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको सिनेमा ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर बुधबार सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएसँगै यसले हंगामा मच्चाइरहेको छ । माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो सिनेमाको ट्रेलरले सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधा अन्तर्गत नेपालमा ८ नम्बरको ट्रेन्डिङमा पकड जमाएको थियो ।
यस्तै, सार्वजनिक भएको १० घन्टामै नेपालको सिनेमा विधा अन्तर्गत युट्युबको नम्बर १ स्थान ओगटेको सिनेमाको ट्रेलरलाई २४ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । सिनेमाको ट्रेलरमा २६ सय भन्दा बढी प्रतिक्रिया छन् । अधिकांश प्रतिक्रियामा दर्शक सिनेमालाई लिएर उत्साहित देखिएका छन् । ट्रेलरबाट पाएको उत्कृष्ट प्रतिक्रियाले आफू अझै उत्साहित भएको निर्देशक चन्दले बताए ।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । यस्तै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशीलबीचको एक्सन ट्रेलरमा समावेश छ । सिनेमामा नव-नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ ।
नव-नायिका खुशी कार्कीले नायक भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चित छ । सिनेमामा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरूको अभिनय छ । यस्तै, सिनेमामा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल-कलाकारको रूपमा छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो सिनेमामा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । सिनेमाका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, सिनेमाका सह-निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रूपमा छन् । मोती कार्की क्रियटिभ निर्माता रहेको सिनेमामा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रूपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।
मानकृष्ण महर्जनको डीओपी रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड म्युजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको सिनेमामा शेर बहादुर लामाको छायांकन छ । यो ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । सुनिल राई आर्ट निर्देशक रहेको सिनेमामा नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डाइरेक्टरको रूपमा छन् । अभिमन्यू निरवी र समय थपलिया सिनेमाका स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् ।
सिनेमामा समावेश ‘धागोले बाटेको’ बोलको गीत युट्युबमा ६० लाख पटक हेरिएको छ । यस्तै, सिनेमाको ‘हुम्लाको सिमी’ बोलको गीत र टिजरले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । चैत्र २७ गते सोलो रिलिजमा आउन लागेको सिनेमाले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण वितरक गोविन्द शाहीको छ ।
बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :