‘एक्का तीन’मा पूजा शर्मा र पुष्प खड्काको जोडी फाइनल, पुष्प आधिकारिक रूपमा अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर- आउँदो वर्षको जेठ महिनाबाट सिनेमा ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । सिनेमाका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

यस सिनेमामा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, सिनेमामा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ । पुष्पसँग कागजी सम्झौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ । यो सिनेमालाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ । सिनेमामा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । निर्माणपक्षले दिएको जानकारी अनुसार, सिनेमाबाट एक–एक जना नव-नायक र नव-नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।सुमन गजमेरले यस सिनेमाको कथा लेखेका हुन् । सिनेमालाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् । पुष्प र पूजाले सिनेमा ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुईलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।

सम्बन्धित समाचारसबै