मंसिर ७ देखि प्रदर्शनमा आउने सिनेमा ‘देववाणी’को टिजर सार्वजनिक: संघर्ष ,रोमान्स,संगै दमदार एक्सन

0 Shares

सिनेसुत्र, बिराटनगर – आगामी मंसिर ७ गतेदेखि रिलिज हुन लागेको सिनेमा ‘देववाणी’ को टिजर सार्वजनिक भएको छ।
बाबु साहेब बलामीले निर्देशन गरेको यस सिनेमाको टिजर मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
टिजरमा मुख्य पात्र कुन्दन भारद्वाजले आफ्नो गाउँका नागरिकहरूको सुरक्षाका लागि गरेको संघर्षलाई देखाइएको छ।
टिजरमा एक्सन, रोमान्स र थ्रिलरको मिश्रण प्रस्तुत गरिएको छ।टिजरमा कुन्दन भारद्वाजसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई पनि देख्न सकिन्छ।मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमामा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलले अभिनय गरेका छन्। सिनेमाका निर्माताहरू मिना खड्का र हिराबहादुर लेप्चा हुन् भने कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ रहेका छन् ।
यो सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भएको हो ।

नेपालका सिमरा, वीरगन्ज, इटहरी, काठमाडौं र भारतमा छायांकन गरिएको यस सिनेमामा निराजन मेहता मन्जिलले पटकथा तथा संवाद तयार पारेका छन् भने छायांकन हरिबहादुर घलेले गरेका छन्।
द्वन्द्व निर्देशक श्री श्रेष्ठ र देव महर्जन हुन्, कोरियोग्राफी रामजी लामिछाने र तेन्जु योञ्जनले गरेका छन्।
मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालले टिजर र ट्रेलरको कलर गरेका छन्।
भीएफएक्स सत्यम रानाको हो भने ब्याकग्राउण्ड स्कोर प्रमोद परियारको रहेको छ।
यस सिनेमाका मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन्।

सम्बन्धित समाचारसबै