सिनेसुत्र, बिराटनगर – निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल सिनेमा निर्माण गरेका छन्।
परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’ को भिडियो हेर्दा एकै छिन सबैलाई भावुक र सोचमग्न बनाउदछ।
म्युजिकल सिनेमामा काम गर्ने सम्पूर्ण कलाकारहरूको अभिनय जीवित छ।
निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्।
म्युजिकल सिनेमाको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास हुन्।
‘आफ्नै स्वार्थ’ सिनेमा पशुपति बृद्दाआश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धाहरुलाई साक्षी राखेर भिडियो सार्वजनिक गरिएको थियो ।
समाजको यथार्थ कथालाई चित्रण गरिएको भिडियोले सकारात्मक संदेश दिनेमा निर्माण टिम देखिन्छन ।
‘आफ्नै स्वार्थ’ मा गायक धुर्व बिस्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ।
रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल सिनेमामा सुभास गजुरेल, गीता श्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दीपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुंगाना, अग्नि सुवेदी, रेश पोख्रेल, र दीप्त प्रकाश अधिकारीको अभिनय रहेको छ।
भिडियोमा युवाहरूको कथालाई गहन रूपमा प्रस्तुत गर्न खोजिएको छ।
भिडियोलाइ हरी प्रसाद ढकालले छायांकन गरेका छन् भने फुर्बा लामाले सम्पादन, श्याम कुँवरले कलर संयोजन, र सुरेन्द्र क्षेत्रीले कास्टिंग निर्देशनमा काम गरेका छन्। रीता देवी, कुमारी बीना दाहाल, र प्रतिमा देवी दास कार्यकारी निर्माताका रूपमा संलग्न छन्। निर्माण सल्लाहकारको रूपमा हिक्मत शर्मा रहेका छन् । म्युजिकल सिनेमा रेज इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।